वैदेशिक रोजगारीको लागि जाँदा त्यहाँको बारेमा सामान्य कुराहरू बुझेर जाँदा राम्रो हुन्छ। उक्त ठाउँको अवस्था¸ मौसम¸ धर्म¸ भाषा तथा नियमहरू जस्ता कुराहरू जानिराख्दा त्यहाँको बसाई सहज र सजिलो हुनसक्छ । यो लेखमा हामीले रोजगारीका लागि जापान जान चाहने नेपालीलाई त्यहाँको बारेमा केही जानकारी दिनेछौँ। सँगै त्यहाँ बस्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा पनि छलफल गर्नेछौँ।


जापानमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

ट्रेन तथा बस चदा सधैँ लाइनमा बसेर पर्खने गर्नुहोस्। जापानीहरू ट्रेन तथा बस चढ्दा लाइन लागेर पालैपालो चढ्छन्।

ट्रेनमा चढ्दा फोन आएमा सकेसम्म नउठाउनु होस्। ट्रेन वा बसमा चढ्दा फोन ‘म्यानर मोड’ मा राख्नुपर्छ।

कुरा नबुझी हाइ नभन्नु होस्। जापानी भाषामा ‘हाइ’ भनेको हो, हजुर अथवा अंग्रेजीमा ‘एस’ भन्ने अर्थ हुन्छ। यसले अप्ठ्यारोमा पार्न सक्छ।

जापानीहरू एकदम समयको पक्का हुन्छन्। त्यसैले समयको एकदम ख्याल राख्नुहोस्। बरू दिएको समयभन्दा ५ मिनेटअघि नै पुग्नुहोस्।

कुनै रेष्टुरेन्टमा वेटरलाई टिप्स नदिनुहोस्। जापानमा टिप्स दिनु बेइज्जत गरेको मानिन्छ।

कसैको पनि घर वा धार्मिकस्थल जाँदा जुत्ता लाएर जानु हुँदैन। जुत्ता फुकालेर राख्न छुट्टै ठाउँ हुन्छ।

सपिङ सेन्टर, एयरपोर्ट, आदि स्थानमा भएको विद्युतीय भर्‍याङ प्रयोग गर्दा देब्रे साइडमा उभिएर अगाडि जाने व्यक्तिको लागि स्पेस छोडेर उभिनुहोस्।


जापानको भूगोल र जनसंख्या

जापान अहिले वैदेशिक रोजगारका लागि जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य बन्दै छ। यसको राजधानी टोक्यो हो। यो जापानको सबैभन्दा ठूलो सहर हो। यहाँ संवैधानिक राजतन्त्र छ।

यसको १,४५,९३६ वर्ग किलोमिटरको क्षेत्रफलमा लगभग १२ करोड ६७ लाख जनसंख्या बस्छन्। जसमध्ये धेरै जापानी भाषा बोल्छन् र शिन्तो र बौद्ध धर्म मान्छन्।

जापानीहरू अंग्रेजी खासै जाँन्दैनन्। त्यहाँ जानुअघि जापानी भाषा सिकेरमात्र जानुपर्छ। त्यहाँको पैसालाई येन भनिन्छ। एक येन बराबर झन्डै १.०२ रुपैयाँ हुन्छ।

भौगोलिक दृष्टिकोणले हेर्दा जापान धेरै टापु भएको देश हो। यहाँ टोक्यो, योकोहामा, ओसाका, क्योटो जस्ता प्रमुख सहरहरू छन्। गर्मी महिनामा धेरै पानी पर्छ र गर्मी बेला सुख्खा र गर्मी हुन्छ।

जाडो महिनामा अलिक जाडो हुन्छ र कतिपय ठाउँमा हिउँ पनि पर्छ। पानी अत्यधिक पर्न सक्ने भएकाले काममा जानुअघि मौसम अवस्थाको जानकारी राख्दा राम्रो हुन्छ। जापान भूकम्प र सुनामी आइरहने देश हो।


अन्य जानकारी

नेपालीहरू धेरै जाने काम : कृषि, औधोगिक क्षेत्र, इत्यादि

काम गर्ने समय : जापानी कानुनअनुसार कामदारले प्रतिदिन ८ घण्टा वा ४० घण्टा प्रतिहप्ता काम गर्नुपर्छ।

खाना र बस्ने व्यवस्था : धेरैजसो कम्पनीहरूलेनै खाने तथा बस्ने व्यवस्था गरेको हुन्छ।

तलब दर : न्यूनतम तलब ८४८ येन प्रतिघण्टा पाइन्छ।

कर : जापानको कानुनअन्तर्गत रेसिडेन्ट नभएका व्यक्तिले आफूले कमाएको तलबमा २०.४२५ कर तिर्नुपर्छ।

अस्पताल : जापानमा सरकार आफैले अस्पताल र मेडिकल सुविधा दिने गरेको छ।

महत्त्वपूर्ण उत्पादन : इलेक्ट्रोनिक सामान, गाडी

स्थानीय खाना : सुशी, साशिमी, टेम्पुरा, मिसो सुप इत्यादि

पात्रो : ग्रेगोरियन पात्रो

पर्यटन : २०१७ मा २६ लाख ४० हजार विदेशीले जापान भ्रमण गरेका थिए ।

कामको सुरक्षा : ठूला कम्पनीहरूले कामदारको सुरक्षाको लागि सेफ्टी इन्जिनियर खटाएको हुन्छ।

ट्राफिक नियम : सिट बेल्ट अनिवार्य, देब्रेतिरबाट मात्र गाडी कुदाउन पाइने

जापानमा नेपालीहरूको संख्या : ६० हजार


-शुभयात्राको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *