विश्वको सबैभन्दा गहिरो समुद्रको सतहमा एउटा अनौठो किसिमको जीवाणु (ब्याक्टेरिया) भेटिएको छ। वैज्ञानिकहरूले मारियान ट्रेन्च समुद्रमा एउटा यस्तो ब्याक्टेरियाको खोजी गरेका हुन् जसले तेल सेवन गर्दछ।

अध्ययनमा सामेल रहेका चीनको ओशियन युनिवर्सिटीका वैज्ञानिक जिओ-हुआ झाङका अनुसार अहिलेसम्म केहो खोजले यस्तो प्रकारको स्थितिमा रहने जीवहरूका बारेमा खोज गरेका थियो। यीमध्ये एक शोध प्रसिद्ध समुद्री खोजकर्ता अकेडेमी पुरस्कार विजेता एवं फिल्म निर्देशक जेम्स क्यामरनको नेतृत्वमा भएको हो। क्यामरनले समुद्रको सतहसम्म पुगेर नमुना संकलन गर्नका लागि एक विशेष प्रकारको पनडुब्बीको निर्माण गरेका थिए।

ब्याक्टेरियामाथि भएको यो खोजका बारेमा लन्डनको युनिवर्सिटी अफ एन्गोलियाका वैज्ञानिक जोनाथन टान्डका अनुसार रिसर्च टिमले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो क्षेत्र 11,000 मिटरमा पुगेर माइक्रोबियल पापुलेशनको नमूनाहरू संकलन गर्न गरेको थियो। टिमले ती नमुनाहरूको अध्ययन गर्‍यो। अध्ययनमा हाइड्रोकार्बन ब्याक्टेरियाको नयाँ समूह पत्ता लाग्यो।

जोनाथन टान्डका अनुसार हाइड्रोकार्बन कार्बनिक यौगिक हुन्छन् जो केवल हाइड्रोजन र कार्बन परमाणुहरूबाट बन्छन्। र यी कैयौँ ठाउँमा कच्चा तल र प्राकृतिक ग्याससहित पाइन्छन्।

वैज्ञानिकहरूको शोधबाट यस्तो प्रकारको क्याक्टेरिया प्रमुख रूपमा तेलको यौगिकलाई खाने र त्यसपछि त्यसलाई इन्धनका रूपमा उपयोग गर्ने पत्ता आगेको हो। तेल खाने ब्याक्टेरिया मारियाना ट्रेन्चको सतहमा धेरै मात्रमा पाइएको छ। यसबाहेक म्याक्सिको खाडीमा पनि पाइने बताइन्छ। ब्याक्टेरियाहरू हाइड्रोकार्बन र डिजल ईन्धन निर्माण गर्ने यौगिकहरू समान हुन्छन्। यी ब्याक्टेरिया अन्य ब्याक्टेरियाहरूको एक खाद्य स्रोतको रूपमा पनि काम गर्छन्।

युनिवर्सीटी अफ एन्ग्लियाका वैज्ञानिकहरूका अनुसार समुन्द्रको गहिराइको वातावरणलाई बुझ्नका लागि अझै धेरै सोध गर्न आवश्यक रहेको छ। मारियान ट्रेन्च पश्चिमी प्रशान्त महासागरमा रहेको छ। यसको गहिराइ लगभग ११ हजार मिटर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *