खुसी एक अनुभुति हो । मानिस यहि कारणले खुसी हुन्छ मनेर भन्न त्यति सजिलो छैन । उसका अनुभुति अलग अलग हुन सक्दछन् । यसको विषयमा छलफल गरेर पार लगाउन पनि सकिदैन । कसैलाई कसैसँग कुरा गर्दा खुसी लाग्छ भने भोली त्यही मानिससँग कुरा गर्दा खुसीको अनुभुती हन हुन सक्दछ । तर पनि हरेक व्यक्त सधै खुसी रहन चाहन्छन् र विज्ञहरु पनि भन्छन् खुसी रोगको निवारणको एउटा अचुक उपाय हो । खुसी आइजा भन्दैमा आइहाल्ने कुरा त होइन तर पनि हामी हाम्रो जीवनमा खुसी ल्याउनको लागि केही वैज्ञानिक प्रायस गर्न सक्छैँ । हाम्रो खुसी हाम्रै हातमा रहेको हुन्छ । तर हामी त्यसलाई खोज्न अनेक मर्भूमी चारिरहेका हुन्छौँ । हाम्रो हातमा रहेको खुसी कसरी अनुहारमा ल्याउने भन्ने कुरा यहाँ उल्लेख गरिएको छ ।


१ सोचलाई व्यहारमा उतार्नु

हरेक काम गर्नु पूर्व हामीले सोच तथा योजनाको निमार्ण गर्दछौँ । कहिले काहिँ हामी सोचमात्र निमार्ण गर्दछौ त र त्यसलाई व्यहारमा उतार्दै नौँ । हामीले जुन सोच निर्माण गरेका हुन्छौ त्यही सोच अनुसार काम गरियो भने पक्कै पनि दुःख तथा पीडा जस्ता कुराले सताउने थिएन । मानिसलाई बाहिर वातावरणले जम्मा १० प्रतिशतले प्रभाव पार्दछ भने उसको सोच उसले काममा प्रयोग गरेको प्रक्रियाले ९० प्रतिशत प्रभाव पारेका हुन्छ । जति राम्रो कल्पना र सोचको निर्माण गरे काम गरिन्छ उती नै रमाइलो र खुसी हुन्छ । सोच तथा योजनाहरुलाई सधैँ एउटै तरिकाले मात्र प्रयोग नगरेर नयाँ नया तरिका अपनाइयो भने अझ रमाइलो हुन सक्दछ । रचनात्मक सोचहरुले हाम्रो आन्तरिक उर्जामा पनि ३० देखि ४० प्रतिशत वृद्धि गरिदिन्छ । त्यसैले बल होइन बुद्धि लगा पासा ।

२  सहयोगी बन्नु

हुन त अहिले प्रतिस्पर्दाको समयमा कामको बोझले गर्दा अरुलाई समय दिन नसक्ने अवस्था सृजना भएको छ । जसले गर्दा हामीलाई स्वार्थतामा धकेलिरहेको छ । अरुलाई सहयोग गर्नु नकारात्कतालाई मार्ने एउटा उत्तम उपाए । सहयोगले मानिसको अन्तरमनलाई नै खुसी बनाउने गर्दछ । हाम्रो केही समय अरुको लागि पनि छुट्याउनु पर्दछ । बाहिरि मानिसहरुसँग कुरा गर्दा उनीहरुको समस्या सुन्दा र आफ्नो कुरा राख्दा मन हल्का हुने गर्दछ । दोस्रो व्यक्तिलाई आफ्नो आवश्यकता परेको कुराले पनि हामीलाई खुसी मिल्छ ।

३ सकारात्मकता

हरेक मानिसको स्वभाव र प्रकृति फरक फरक हुन्छ । उसले सोच्ने तरिका पनि फरक फरक हुने गर्दछ । कोही हरेक कुरालाई नकारात्क तरिकाले ब्याख्य गर्दछन् भने कोही नकारात्क कुरामा पनि सकारात्क तत्व पत्ता लगाउँछन् । हाम्रो दिमागले पनि नकारात्क सोचलाई सजिलै फाल्न सक्दैन र त्यस्ता कुराले हाम्रो भित्री स्वरुपलाई ध्वस्त पारिदिन्छ । हामीलाई के कुराले खुसी बनाउँछ त्यो कुरालाई नोट गर्ने र नकारात्मक कुरालाई एउटा कागजको टुक्रामा लेखेर जलाउने अथवा खोलामा लगेर बगाउने हो भने पनि नकारात्मक कुरा कम हुने गर्दछन् । नकारात्कतालाई सकारात्मकतामा परिणत गर्न सक्ने मानिस सधै खुसी हुन सक्दछन् ।

४  उज्वल भविष्यको कल्पना

जस्तासुकै कठिनाइमा पनि हामीले मेरो पनि दिन आउँछ भन्ने कुरालाई ख्याल गर्नु पर्दछ । अंग्रजीमा भनाई भ्खभचथ मयन जबक ब मबथ। ५–१० वर्ष पछि मेरो जीवन कस्तो होला भन्ने यथार्थपरक आशा राख्नु उपयुक्त हुन्छ । कहिलै निराश हुने कुरा मनमा आउन नदिने र आफ्नो जीवनलाई उच्च सम्मानका साथ लिने गनु पर्दछ । जीवन एक पटक प्राप्त गर्ने गरिन्छ । यसलाई उज्वल तरिकाले सञ्चालन गनृु अनेक तरिका हुन सक्दछन् त्यस्ता तरिका पत्तालगाउने कल्पना गर्ने । दुःखमा पनि उज्वल भविष्यको कल्पना गर्नु पनि खुसी हुने एउटा राम्रो उपाय हो । आफ्नो आवश्यकतालाई आफ्नै तरिकाले व्याख्या गर्ने र त्यही अनुसार सपना तथा कल्पनालाई वस्तविक्तामा परिणत गर्न तल्लिन हुनु पर्दछ । आफ्नो कल्पना शक्तिलाई परिणाममा बदलन सकियो भने त्यो बेला खुसीको सीमा हुँदैन ।

५ मस्तिष्क ताजा गर्न प्रकृतिको साथ

मस्तिस्कमा हरेक दिन नयाँ नयाँ कुरा प्रवेश हुने गर्दछन् र पुरान कुराहरु विस्तारै हट्दै जान्छन् । तर खुसी बनाउने कुराहरु कहिल्यै पनि विर्सनु हँदैन । विगतका दिनमा गरेका रमाइला घटनाहरुले सधैँ हाम्रो दिमागलाई ताजा गराउने गर्दछ र हाम्रो खुसी पनि वढ्दै जाने गर्दछ । तर नराम्रा दिनहरुलाई भुल्दै जान सक्नु पर्दछ । मस्तिष्क ताजा गर्न प्रकृतिको साथ एउटा राम्रो उपाय हो । समय मिल्लना साथ शहरी वातावरणलाई छोडेर साथी तथा परिवारसँग प्राकृतिका रमाइला ठाउँमा घुम्न गइहाल्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *