एजेन्सी : फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैँ मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरू बिनामेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रूप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ ।

यसैबीच, यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाको तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा उनी बिनामेकअप देखिएकी छिन् । उनको यो तस्बिर एउटा म्यागाजिनले बिनामेकअपको फोटासुट गराउँदाको हो । यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *