एउटा भिडियोका कारण सामाजिक सञ्जालमा भाइल बनेको मलयाली अभिनेत्री प्रिया प्रकाश वरियार एक पटक फेरि खबरमा छाएकी छन्। तर यसपटक उनी ट्रोलरको निशानामा परेकी छन्। वास्तवमा प्रिया प्रकाशले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले घेरेका हुन्।

प्रियाले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा एक परफ्युम ब्राण्डको प्रमोशन गर्दै तस्बिर शेयर गरेकी थिइन्। तर उनले तस्बिर शेयर गर्दा एउटा गल्ती गरिन्। जसका कारण उनी सामाजिक सञ्जालमा ट्रोल हुन पुगिन्। उनले तस्बिर शेयर गर्दै परफ्युम ब्राण्डका तर्फबाट दिइएको जेनेरिक क्याप्सनलाई कपि पेस्ट गरिदिइन्।

उनको गल्ती यही कपि पेस्टमै भएको हो। उनको गल्तीलाई उनका चलाख फ्यान हरूले पक्डिहाले र ट्रोल बनाइदिए। उनले परफ्युम ब्राण्डले दिएको क्याप्सन कपि पेस्ट गर्दा ‘Text content for Instagram and Facebook’ भन्ने शब्द हटाउन बिर्सिइन्। यही कपि पेस्टको विषयलाई लिइएर उनीमाथि ट्रोलरले निशान बनाए।

यद्यपि उनले उक्त क्याप्सन इडिट गरिसकेकी छन्। यस्तो प्रकारको गल्ती गर्ने उनी मात्रै पहिली अभिनेत्री भने होइनन्। यसअघि बलिउड अभिनेत्री दिशा पाटनीले पनि यस्तै गर्दा ट्रोलर्सले उनको पनि खिल्ली उडाएका थिए।

प्रिया प्रकाश अघिल्लो वर्षको भ्यालेइन्टन डेमा रिलिज भएको फिल्म उरू आदार लव को एउटा भिडियो तीव्र रूपमा भाइरल भएको थियो। उक्त फिल्मको एउटा भिडियोमा उनी आफ्नो मेल एक्टरसँग आँखाआखाले इसार गरेको देखिन्थ्यो। उनको आँखाको इसार गर्ने तरिका हर्न दुनियाँ दिवाना भएको थियो।

 

View this post on Instagram

 

Beauties Celebrating love with @Fasih_Perfumes. @snehaullal @kritivermaofficial @priya.p.varrier Introducing New Touch of French & Arabian Perfumes from Middle East. Designed for Men & Women for every Occasion. EAU DE PARFUM(100 ML), Perfume Spray(120 ML), French Fragrance Oil(15ML), Roll-On(8ML), Traveller Perfumes(30ML). FASIH PERFUMES Fragrances available Online at : Flipkart,Amazon and Snapdeal. Distribution Enquiry : +91 7506219202 For More Information Login to www.fasihperfumes.com Ad Agency: Pixelarabia.org Photographer: Sarath Shetty Director: Manish Kumar Creative: MD. Sohrab Ali Stylist: BienMode Makeup: Anjali Verma #FasihPefumes #GlobalBrandAmbassador #Fragrances #OudPerfumes #HalalPerfumes #Vegan  #Crueltyfree #WearYourScent #PerfumeLovers #Luxury #ArabianPerfumes #OudFragrance  #FrenchPerfumes #PerfumeForMen #PerfumesForWomen #MenFragrances #Scent #Amazon #Flipkart #SnapDeal

A post shared by priya prakash varrier (@priya.p.varrier) on

उरू आदार लव रोमान्टिक ड्रामा फिल्म हो। फिल्म हाइस्कुल रोमान्समा आधारित छ। यसलाई साउथ इन्डियाको सबैभन्दा ठूलो फिल्मका रूपमा निर्माण गरिएको थियो। यस मलयाम फिल्मलाई तेलुगू र कन्नडमा पनि डब गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *