संयुक्त अरब इमिरेट्स (युएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमुनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी हुन् ।

महिलाले अबुधाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ । ती महिलाका अनुसार उनका इरानीयन श्रीमानले हनिमुनमा एक दिरहाम (युएईको मुद्रा)समेत खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो ।

उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् । ‘उनले हाम्रो विवाहमा एक सुक्का पनि खर्च गरेनन्,’ उनले अदालतलाई भनिन् । सम्बन्धविच्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन् ।

यता महिलाभन्दा १३ वर्ष कान्छा उनका श्रीमानले भने आफ्नो निजी कागजात सबै हराएकाले श्रीमतीलाई आफ्नो नाममा बिल भुक्तानी गर्न लगाएको बताए । तर, ती महिलाले घरका लागि चाहिने दराज, खाट, सोफालगायतका सबै आवश्यक सर–सामान किने पनि त्यसको प्रशंसा गर्नुको साटो श्रीमानले आफूलाई उपेक्षा गर्न थालेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *