एजेन्सी । टाइगर श्राफले जस्तै दिशा पटानी पनि आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् ।

भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ गीतमा नाचिरहेकी देखिन्छिन् । उनले भिडियोलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् । दिशाको साथमा अर्की युवती पनि देखिन्छिन् । उनले योभन्दा अगाडि पनि यस्ता भिडियो सेयर गरेकी थिइन् ।

दिशाले टाइगरले जसरी नै फिटनेसलाई खुब ख्याल गर्छिन् । जिममा लामो समयसम्म एक्सरसाइज गर्छिन् । डान्स गरेर पनि आफूलाई फिट राख्छिन् । अहिले दिशा सलमान खानको फिल्म ‘भारत’मा देखिँदै छिन् । यसका साथै चर्चा छ कि दिशा ‘किक २’ मा पनि देखिँदै छिन् । तर, यसको आधिकारिक जानकारी भने आइसकेको छैन । दिशाले ठूलो पर्दामा टाइगर श्राफसँग ‘बागी २’ बाट डेब्यु गरेकी थिइन् । त्यसो त दिशा र टाइगर श्राफ प्रेमसम्बन्धका कारण पनि चर्चामा आइरहन्छन् ।

 

View this post on Instagram

 

#justchilling with @dimplekotecha 👯‍♀️🌸 in love with this new track #cantgetenough ❤️

A post shared by disha patani (paatni) (@dishapatani) on

के औषधिबिना पनि स्वस्थ्य रहन सम्भव छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *