न्युज एटिन । कुनै पनि व्यक्तिले जति अस्वीकार गरेता पनि वास्तविकता यो हो कि यौन सम्बन्धपश्चात् प्रया मानिसहरू उदास हुन्छ। आपसी सहमतिमा हुने यौन सम्बन्धमा यस्तो हुनु अनौठो कुरा हो। यही सोचेर साथीहरूसँग यो कुरा शेयर पनि गर्दैनन्। तर खुसीको खबर यो छ कि यस्तो उदासीले केबल तपाईंलाई मात्रै सताउँदैन, यसको लाइनमा कैयौँ व्यक्ति छन्, जसलाई यो समस्याले सताइरहेको छ। आउनुहोस् जानौँ यसपछिको कारण:

यौन सम्बन्धपछि उदासी हुने समस्यालाई पोस्ट कोएटल डिस्फोरिया भनिन्छ। यसमा उदासी, सानासाना कुरामा रुनु, रिस र थकानको महसुस हुने जस्ता लक्षण देखिन्छन्। पहिलापहिला पुरुषमात्रै उदास हुन्छन् भन्ने गरिन्थ्यो तर पछि गरिएका अध्ययनहरूले महिलाहरूमा पनि यस्तो भावना देखिन्छ भन्ने खुलासा भयो।

यसको कारण यौन सम्बन्धका क्रममा निस्किने हर्मोन भएको चिकित्सकहरू बताउँछन्। यौनको चरम उत्कर्षपछि एकाएक पार्टनहरू अलग हुँदा पनि यस्तो हुने गर्दछ। यौन सम्बन्धका क्रममा फिल गुड हर्मोन निस्किन्छ। जुन चरम उत्कर्षपछि एकाएक निस्किन बन्द हुन्छ। यो पनि उदासीको कारण हुने शोधकर्ताहरू बताउँछन्।

चरम उत्कर्षपछि पनि यस्तो सबैमा नहुन सक्छ। महिला र पुरुषबीच पनि फरक अवस्था हुन सक्छ। तर यौनसम्बन्धपछि तपाईंको पार्टन गहिरो उदासीमा डुब्यो भने यस्तोलाई सामान्य मानिँदैन। यसको कारण हर्मोन वा एकाएक अलग हुँदा नभइ अरू कुनै कारणले हुन सक्छ। यस्तो अवस्थामा तुरुन्त विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *