पेरिसमा खुल्ला ठाउँमा पिसाव फेर्नेका लागि स्थानीय प्रशासनले पिसाव फेर्ने डब्बाहरूको व्यवस्था गरिएको छ। शहरका अधिकारीहरूले चारवटा खुल्ला रूपमा पिसाव फेर्नेका लागि भनेर डिब्बाहरू राखिएका हुन्।

रातो रंग लगाएर राखिएको पिसाव फेर्ने सब्बाहरूको पिसाव कसरी फेर्ने भनेर विज्ञापन समेत गरिएको छ। ती डब्बाहरू बाटोको ठीक छेउमा राखिएका छन्। नोट्र ड्याम गिर्जाघर नजिक राखिएको एउटा डब्बाबाट सेइन नदीको दृष्य पनि अवलोकन गर्न सकिन्छ। शहरका अधिकारहरूका अनुसार उक्त क्षेत्रमा पिसावका लागि निकै समस्या हुने भएकाले खुल्ला रूपमा पिसाव फेर्नका लागि यो व्यवस्था गरिएको हो।

अधिकारहरूका अनुसार यी पिसाव फेर्ने डब्बाहरू वातावरणमैत्री हुन्। यी डब्बाहरूले मुत्रलार्इ कम्पोस्ट मलमा परिणत गर्ने बताइएको छ जुन पार्कको बगैँचाका लागि प्रयोग गरिने छ। एक तथ्यांकअनुसार एक व्यक्तिको एक वर्षको पिसावबाट ४०० स्कायर मिटरमा लगाइएको गहुँ बालीलार्इ पुग्ने नाइट्रोजन, फसफरस र पोटासियम जस्ता खनिज तत्त्व प्राप्त गर्न सकिन्छ।

स्थानीयको विरोध

यद्यपि स्थानीय बासिन्दाहरूले भने स्थानीय प्रशासनले गरेको खुल्ला पिसाव गर्ने व्यवस्थाको विरोध गरेका छन्। एक स्थानीयले खुल्ला पिसाव रूपमा पिसाव गर्नका लागि राखिएका डब्बाले यस क्षेत्रको सम्मानमा दखल दिने बताए। ‘खुल्ला पिसाव गर्ने व्यवस्थाले यसक्षेत्रलार्इ सम्मान गर्दैन त्यसैले यो विचार राम्रो होइन्। र मेरो विचारमा यो व्यवस्थाले सबैलार्इ आकर्षण गर्न सक्दैन त्यस्तै यसको जहाँ व्यवस्था थरिएको छ त्यो उचित ठाउँ पनि छैन’, ती स्थानीयले भने।

अर्का स्थानीयले यो व्यवस्था राम्रो भए पनि छिमेकीका अगाडि खुल्लारूपमा पिसाव फेर्दा राम्रो नदेखिने टिप्पणी गरे। उनले भने, ‘यो व्यवस्था राम्रो त हो तर छिमेकीहरूको अगाडि पिसाव फेर्दा कतै पनि राम्रो देखिदैन।‘

स्थानीयले विरोध गरिरहँदा पेरिसको चौँथो जिल्लाका प्रमुख एरियल वलले भने यस व्यवस्थालार्इ ‘बौद्धिक अविस्कार’को उपमा दिएका छन्। उनले ट्विट गरेका छन्, ‘चारवटाको व्यस्थापन गरिसकिएको छ, अन्य पाँचवटाको छिट्टै व्यवस्थापन गर्ने योजना छ’।

पेरिसमा गरिएको खुल्ला पिसाव फेर्ने व्यवस्था युरोपको पहिलो भने होइन। एम्स्टर्डममा एक वर्षअघि नै यस्तै व्यवस्था गरिएको थियो भने बेल्जियम र अस्ट्रेलियाका विभिन्न शहरहरूमा पनि यस्तो व्यवस्था गरिएको छ।

शताब्दी देखिको परम्परा

खुल्ला पिसाव फेर्ने शौचालयसँग पेरिसको पुरानो नाता छ। सन् १८०० तिर यहाँ यस्ता थुप्रै शौचालयका व्यवस्था गरिएको थियो, यहाँका पुरूष कामदार र भ्रमणमा आउने यात्रीहरूका लागि।

तर पछि महिला पनि खुल्ला रूपले पुरूष सरह काम गर्न थालेपछि यस्ता शौचालय विस्तारै हराउँदै जान थालेका थिए। विस्तार बन्द शौचालय, ट्वाइलेट पेपर, बेसनको विकास भएपछि यस्ता शौचालय बन्द भएको ब्रिटिस ट्वाइलेट एसोसियसनका निर्देशक रयामोन्ड मोरिसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *