एजेन्सी । अहिले विश्वभरका हजारौं हवाई सेवा प्रदायक कम्पनी सेवा प्रदान गर्दै आइरहेका छन्। तर ती सबै कम्पनीले सुरक्षित सेवा प्रदान गर्छन भन्न सकिँदैन्। विश्वभरका हवाई सेवा प्रदायक कम्पनीको अवस्था, सुरक्षा, प्रदान गरेको सेवासुविधा आदिको अध्ययन गरेर एअरलाइन रेटिङ्स डटकमले सन् २०१८ मा विश्वकै सुरक्षित हवाई सेवा प्रदान गर्दै आएका एअरलाइन्सहरूको सूची सार्वजनिक गरेको छ।


सार्वजनिक सूचीमा क्वान्टास, भर्जिन अस्ट्रेलिया र एअर न्युजिल्यान्ड अग्रस्थानमा देखिएका छन्। विश्वकै हवाई सुरक्षा र साधनहरूको रेटिङ गर्दै आएको एअरलाइन रेटिङ्स डटकमले ४०९ वटा एअरलाइन्सहरूको निरीक्षण गरेर प्रत्येक वर्ष फाइभ स्टार रेटिङअनुसार तिनीहरूलाई र्‍यांकिङ गर्ने गर्छ। यसका साथै विमान सुरक्षा, सेवा सुविधा,विमानको बाहिरी आवरण, विमान दुर्घटनाको अवस्था इत्यादिलाई हेरेर मूल्यांकन सूची तयार पार्ने गरेको छ।


व्रिटिस एअरवेज, हवाइ एअरलाइन्स, सिंगापुर एअरलाइन्स, इमिरेट्स इतिह्यात एअरवेज,क्याथी प्यासिफिक एअरवेजलगायत उत्कृष्ट २० वटा विमान सेवा कम्पनीलाई पछि पार्दै यस वर्ष क्वान्टासले पहिलो नम्बरमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ। सुरक्षित तरिकाले विगत ६० वर्षदेखि क्वान्टासले उत्कृष्ट सेवा प्रदान गर्दै आएको एअरलाइन रेटिङ डटकमका प्रधान सम्पादक जेफरी थोमसले बताए। उनले यस्तो सेवा क्वान्टासले मात्रै नदिएको दाबी गर्दै हवाइ र फिन्न अएरले पनि जेटअन्तर्गत उत्कृष्ट सेवा दिँदै आएको बताए।


सन् २०१८ का २० विश्वकै सुरक्षित एयरलाइन्स

  • एयर न्युजिल्यान्ड
  • अलस्का एयरलाइन्स
  • अल निप्पन एयरवेज
  • ब्रिटिस एयरवेज
  • क्याथी प्यसिफिक एयरवेज
  • इमिरेट्स
  • इतिह्यात एयरवेज
  • इभा एयर
  • फिन्न एयर
  • हवाइ एयरलाइन्स
  • जापान एयरलाइन्स
  • केएलएम
  • लुफ्थन्सा
  • क्वान्टास
  • रोयल जोडानियन एयरलाइन्स
  • स्कान्डिनभियन एयरलाइन्स सिस्टम
  • सिंगापुर एयरलाइन्स
  • भर्जिन एटलान्टिका
  • भर्जिन अस्ट्रेलिया 

Leave a Reply

Your email address will not be published. Required fields are marked *